स्क्वास र्याकेट्स संघको नेतृत्वमा ध्रुबबहादुर
काठमाडाैं | असार १७, २०८०
पोखरा: नेपाल स्क्वास एन्ड र्याकेट्स संघको नेतृत्व ध्रुबबहादुर गुरुङले पाएका छन्
संघको पाँचौ अधिवेशनमा मनोजबहादुर श्रेष्ठलाई हराउदै गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन् ।
अब गुरुङले आगामी ४ वर्षे कार्यकालका लागि नेतृत्व सम्हाल्ने छन् ।
गुरुङ नेतृत्व समितिको उपाध्यक्षमा प्रेम सिंह, सुदीपबहादुर सिंह, दिलिप नरसिंह अधिकारी, जगतसुन्दर सैंजु र रुपकदास ताम्राकार चयन भए ।
यस्तै महासचिवमा लोकेन्द्रमान सिं भण्डारी, सहसचिवमा महेन्द्र महर्जन र कोषाध्यक्षामा शैलेश अमात्य चुनिए ।
कार्यसमिति सदस्यमा राजेन्द्र शाक्य, लालबहादुर गुरुङ, अनिल वज्राचार्य, विदुर धमला, रत्न महर्जन, राकेशकुमार गुप्ता, गिन्दिरा श्रेष्ठ र भावना सुनुवार रहेका छन् ।
सो समारोहमाबीच होङजोउ एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने स्क्वासका ६ खेलाडी अरहान्त केशर सिंह, अमृत थापामगर, अमिर ब्लोन तामाङ, कृष्णा थापामगर, विपना ब्लोन तामाङ र स्वस्थानी श्रेष्ठलाई सम्मान अर्पण गरेको थियो ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

